Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण पर्सामा थप एकको मृत्यु


    शनिबार, भाद्र २० २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमणबाट पकाहामैनपुर गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा अस्थायी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो। 

    ती पुरुषको गएराति साढे ११ बजे मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए। ती पुरुषलाई कोरोना पुष्टि भएपछि गत भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो।

    योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार