Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सिंगापुर पठाइदिन्छु भन्दै झण्डैं एक करोड ठगी गर्ने युवक पक्राउ


    बिहिबार, बैशाख २८ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै झण्डैं एक करोड रुपैयाँ रकम ठगी गर्ने एक युवक पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्‍ने २० वर्षीय सृजन निरौला हुन् । उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार