Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादास्पद सहसचिव श्रेष्ठ सचिव बढुवाः दुवाडी छैटौं पटक पनि बढुवाबाट बन्चित


    शनिबार, भाद्र २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • गोकर्णमणि दुवाडी र चन्द्रमान श्रेष्ठ

    काठमाडौं । विवादास्पद सहसचिव चन्द्रमान श्रेष्ठ सचिवमा बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका श्रेष्ठबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई फाष्टट्रयाकबाट सफाइ दिइएको थियो । विशेष अदालतले उनलाई २०७७ असार २४ मा सफाइ दिएको हो ।

    उनको एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ पुस ०७५ मा मुद्दा दायर गरेको थियो । श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत सम्पत्ति भेटिएको भन्दै उनीहरूविरुद्ध समेत मुद्दा दायर भएको थियो । तीनैजनालाई अदालतले सफाइ दिएको छ । सचिव बढुवा भएका सचिव श्रेष्ठ जागिरे जीवनमा अधिकांश समय मालपोतमै कार्यरत रहेका हुन् । उनी कलंकी, डिल्लीबजार मालपोतको प्रमुख भएको बेला काठमाडौंका धेरै सरकारी जग्गा पनि गैरकानुनी रुपमा दर्ता भएका थिए ।

    सहसचिव बढुवा भएपछि उनी बैदेशिक रोजगार विभागको महानिर्देशक, यातायात ब्यवस्था विभागको महानिर्देशकका रुपमा घुसखोरीमा बदना भएका हुन् । तर उनले सम्पत्ति जति सबै कानुनी रुपमा बचेर लुकाउन सफल भएकाले प्रमाण अभावमा अदालतबाट सफाइ पाएका हुन् । 
    यति हुँदाहुँदै पनि श्रेष्ठलाई विशेषका न्यायधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले सफाइ दिएको हो । अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । उनी भने सचिव बढुवा भएका छन् ।

    श्रेष्ठले सामाजिक संजालमा शनिबार आफू सहसचिव पदमा बढुवा नियुक्ति भएको करीब ११ वर्षपछि नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पदमा वढुवा हुने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गरेका छन् ।

    छैटौं पटक पनि बढुवाबाट बन्चित

    बरिष्ठ सहसचिव गोकर्णमणि दुवाडी छैटौं पटक पनि सचिव बढुवाबाट बन्चित भएका छन् । दुई पटक बरिष्ठताक्रममा पहिलो बरियतामा रहे पनि बढुवा हुन सकेनन् । त्यसअघि पनि उनी दोस्रो र तेस्रो नम्बरमा गरी तीन पटक सिफारिसमा परेका थिए । सरकारको कोपभाजनमा परेका उनी यो पटक पनि बढुवामा परेनन् । यो समेत गरी उनी बढुवा सिफारिस भएको छैटौं पटक हो । यसअघि पहिलो बरियताका दुवाडीलाई बढुवा नगरी विष्णुप्रसाद नेपाल, मधु मरासिनी र वीरबहादुर राईको बढुवा भइसकेको छ । राई त पदस्थापन नै नभई भदौ १५ मा अवकाश भइसकेका छन् । राईको ठाउँमा शुक्रबार चन्द्रमान श्रेष्ठ सचिवमा बढुवा भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार