Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • हेटौँडामा कोरोना संक्रमित ५२ वर्षीया महिलाको मृत्यु


    शुक्रबार, भाद्र १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमणबाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ।

    हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ।

    निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो।

    अस्पतालको सघन उपचार कक्षमा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यससँगै कोरोनाबाट हालसम्म हेटौँडामा महिला र पुरुष गरी सात जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार