काठमाडौँ। राष्ट्रिय सभामा सांसद रमेशजंग रायमाझीले प्रतिनिधि सभामा सांसद टोपबहादुर रायमाझीप्रति प्रयोग गरेको शब्द तथा टिप्पणी संसदीय रेकर्डबाट हटाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुरलाई उनले एमाले अध्यक्ष केपी ओलीको ‘झट्केलो छोरो’ छोरो भन्दै टिप्पणी गरेका थिए।
रमेशजंगको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएपछि संसद्को रेकर्डबाट हटाइएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिएका हुन्।
‘हिजो २५ गतेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्य भैरवसुन्दर श्रेष्ठले उठाउनुभएको सन्दर्भमा सभाको ध्यानाकर्षण भएको छ। वैशाख २४ को बैठकमा दलका नेताहरूले धारणा राख्ने क्रममा रमेशजंग रायमाझीले प्रयोग गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गर्नुभएकाले उहाँले प्रयोग गर्नुभएको ….उहाँको झट्केलो छोरो हो टोपबहादुर रायमाझी भन्ने वाक्यांश, राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ (घ)को व्यवस्थासँग मेल खाने नदेखिएकाले रेकर्डबाट हटाइएको छ,’ उनले भने।
यता रायमाझीले देशको माननीय हराएका कारण खोजी गरेको स्पष्टीकरण दिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend