काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दावी गरेका छन् ।
अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाइ कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिनका लागि कर्मचारीसँऊ आग्रह गरे ।
बिदाइ कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष, गभर्नर, लगानी बाेर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी थिए । अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको भन्दै कर्मचारीलाई धन्यवाद पनि दिए ।
‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’, खतिवडाको भनाइ उधृत गर्दै एक कर्मचारी बताए ।
राष्ट्रिय सभा सदस्यमा नेकपाले खतिवडाको नाम नदोहाेर्याउने र वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि खतिवडाको पदावधि सकिँदैछ । खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिने तयारी गरेका हुन् ।