Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरी जेल चलान


    शुक्रबार, भाद्र १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हत्या अभियोगमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)लाई जेल चलानको आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    कल्पना यसअघि राजधानीको गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी उनको शरीर र टाउको छुट्टाछु्ट्टै स्थानमा फ्यालेको अभियोगमा पक्राउ परेकी थिइन् ।

    न्यायाधीश विनाेदकुमार पाेखरेलकाे इजलासले यस्ताे आदेश गरेकाे हाे। अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश  गरेकाे छ।

    काठमाडौं जिल्ला अदालतका अनुसार कल्पनालाई केन्द्रीय कारागार र उनकी छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले बिहीबार आदेश दिएको थियाे। आदेश शुक्रबार मात्र तयार भएर पठाइएकाे छ। 

    रोल्पाका कृष्णबहादुरको गत २४ साउनमा हत्या भएको थियो। उनको शव घाँटी काटिएको अवस्थामा गोंगबुमा फेला परेको थियो। शरीरको भाग सुटकेसमा राखेर फ्यालेको र टाउको केही पर भेटिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार