Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • धनुषामा कोरोना सङ्क्रमणबाट भारतीयको मृत्यु


    शुक्रबार, भाद्र १९ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो ।

    तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार