बीरगंज । तराईका जिल्लाका प्रहरी प्रमुखहरुले सादा पोशाकमा प्रहरी खटाउने र ती प्रहरी अपराध नियन्त्रणमा भन्दा अतिरिक्त कमाइतिर केन्द्रित हुने गरेको समाचार बारम्बार आउने गरेको छ । अर्थतन्त्र संकटग्रस्त छ, लक्ष्यअनुरुप राजस्व असुली हुन नसकिरहेको अवस्था छ । प्रहरीका यिनै घुमुवाको सेटिङमा सीमा क्षेत्रमा भन्सारछली तस्करीबाट सामान भित्रन छुट दिंदा लक्ष्य अनुरुप राजस्व असुली हुन नसकेको तीतो यथार्थता छ ।
दरबन्दी अर्कै प्रदेशमा भएका त्यस्ता प्रहरीमध्ये कतिपय त जागिरमा प्रवेश गरेदेखि नै सादा पोशाकमा परिचालित हुँदैआएका छन् । जिल्ला र इलाकाका प्रमुखले सादा पोशाकमा घुमुवाका रुपमा खटाइएका र लामो समयदेखि कार्यरत भएकाले तस्कर, नदी दोहन गर्ने क्रसर ब्यवसायीहरु र अपराधीले उनीहरुलाई मिलाएर आफ्नो अवैध कारोबार निर्बाध गर्दैआएका छन् । मधेशमा समूह समूहको क्रियाकलाप बढ्नुमा लामो समयदेखि कार्यरत घुमुवाहरुमार्फत् नै सशस्त्र समूहले सूचना लिने र चन्दा आतंक, हत्या, हिंसाका घटना घटाउँदै आएको पुष्टि भएपछि ठूलो संख्यामा सरुवा भएका थिए ।
यस्तै हालका आईजीपी वसन्तबहादुर कुँवरको निर्देशनमा लामो समयदेखि एकै ठाउँमा काजमा कार्यरत रहेका विवादास्पद प्रहरीहरुको काजफिर्ता भइरहेको छ । आईजीपी कुँवरको निर्देेशनमा काजफिर्ता गरी रवाना दिन जिल्लाका प्रहरीका हाकिम बाध्य भएका छन् । तर तीमध्ये केही राजनीतिक शक्ति र प्रहरी संगठनमा राम्रो पँहुच भएका विवादास्पद बदनाम घुमुवाहरुलाई रवाना नगरी जिल्लाका एसपीहरुले नै काखी च्यापेर राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा ७ वर्ष भन्दा लामो समयदेखि घुमुवाको रूपमा कार्यरत बरिष्ठ हवल्दार राजमंगल सिंहको दरबन्दी मधेश प्रदेश बाहिर र महोत्तरीमा ५–६ वर्षदेखि घुमुवाको रूपमा कार्यरत प्रहरी सहायक निरीक्षक संजय पासवानको दरबन्दी काभ्रे रहेता पनि शक्तिको आडमा लामो समयदेखि उनीहरु त्यहीँ छन् । यी दुवै घुमुवा भारतसँग जोडिएका सिमानाकाबाट अबैध कारोबार, जालीनोट र चोरी तस्करीको नेटवर्क संचालन गर्ने मुख्य नाइके नै मानिन्छन् । सिंहलाई रौतहटका एसपी वीरबहादुर बुढा र पासवानलाई महोत्तरीका एसपी प्रकाश मल्लले परिचालन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका घुमुवा प्रहरी सहायक निरीक्षक(असई) संजय सिंह राम्रो कमाई हुने माल्दार ठाँउ प्रहरी चौकी कटुधारको इन्चार्ज रहे पनि उनी जिल्लाका पनि घुमुवा हुन् । उनका सहयोगी अर्का घुमुवा ५ वर्षदेखि अड्डा जमाएर बसेका राजेश्वर राय यादवले तस्करीको लाइन दिएर अबैध कारोबारीबाट लाभ लिने गरेको खुलेको छ ।
महोत्तरीको सम्सी नाकाबाटबाट बाला, कालिया, श्याम, नियाज, सिकेन्द्र यादव, सुनिल यादव, आलमा, राजा चौधरी र मटिहानी नाकाबाट बिन्देश्वर नायक, सुजित, महेश, मुना, रोशन लगयतको तस्करहरुले कपडा, किराना हार्डवेयरको लाइन चलाइरहेका छन् ।
यस्तै धनुषाको इलाका प्रहरी कार्यालय खजुरीमा ६ बर्षदेखि घुमुवाको रूपमा कार्यरत हवल्दार बृजेश मुखियाले धनुषाको इनर्वा, दुबही मैनाथपुर, ठाडी झिझा लगायतको सिमानाकामा भन्सारछली गरी तस्करी गर्दैआएका छन् । इनर्वा नाकाबाट भारततर्फ रक्सीको तस्करी गर्न मासिक दररेट बुझाएर सोशिल यादव र राकेश यादवले लाइन पाएका छन् भने कपडा हार्डवेयरको लाइन छोटुले पाएका छन् ।
तस्करीको दुनियाँमा धनुषामा नामुद भनेर चिनिएका चाची र उनका छोरा राजीव महासेठले दुबही मैनाथपुरबाट भारततर्फ स्याउ, मटर, मरीच, चाइनिज कष्टमेटिक, रक्सी र भारतबाट नेपालतर्फ कपडा , तेल, किराना सामान लगायत ल्याउने गरेका छन् । यसरी लाइन दिएबापत महिनाको दररेट बुझाएर तस्करीलाई निर्बाध रूपमा चलाइरहेका छन् । घुमुवा मुखियाले इप्रकाका इन्स्पेक्टरदेखि जिल्लाका एसपी बिश्वराज खड्काको नाममा समेत रकम उठाउने गरेको स्रोतले जनाएको छ । यी ब्यापारीसँग मासिक दररेट १ लाखदेखि ५ लाखसम्म घुमुवाले उठाउने गरेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend