काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी नरुचाउने मान्छेहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितलाई बचाउन खोजेको भनेर हल्ला फैलाएको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले आफूले कसैलाई बचाउन नखोजेको बताए। एमाले सचिव एवं पूर्व मन्त्री टोपबहादुर रायमाझी फरार रहेको विषयमा सञ्चारकर्मीले ओलीलाई प्रश्न गरेका थिए।
सञ्चारकर्मीले एमाले अध्यक्ष ओलीलाई प्रश्न गरे- तपाईले आरोपितलाई बचाउनु खोज्नु भएको भन्ने हल्ला छ नि, के भन्नु हुन्छ?
त्यसको जवाफमा अध्यक्ष ओलीले भने, “तपाईंहरूलाई विश्वास लाग्यो? केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन्। उनीहरूले हल्ला फैलाएका हुन्।”
प्रधानमन्त्री दाहालले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढ्ने बताए। कसैको दबाबमा नरोकिने उनको भनाइ थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend