Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व गृहमन्त्री बालकृण खाण भन्छन्- भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन


    शनिबार, बैशाख २३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा आफ्नो कुनै संलग्न नै नभएको बताएका छन्।

    आज शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिएका हुन्।

    ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानको क्रममा प्रहरीले पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ।

    उनी गृहसचिव हुँदा खाण गृहमन्त्री थिए। प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरेको छ।

    यस्तै नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी छ।

    उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। केशव दुलाल, सानु भट्टराई लगायतले उच्च अधिकारीसँग मिलेमतो गरी करोडौं रकम असुल गरी ठगी गरेको आरोप छ।

    उक्त प्रकरणमा अझै पनि केही व्यक्तिहरू तानिन सक्ने प्रहरीले बताएको छ।

    यस घटनाको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार