काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा आफ्नो कुनै संलग्न नै नभएको बताएका छन्।
आज शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो यस ठगी प्रकरणमा संलग्नता नभएको जानकारी दिएका हुन्।
‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ। अनुसन्धानको क्रममा प्रहरीले पूर्वगृहचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ।
उनी गृहसचिव हुँदा खाण गृहमन्त्री थिए। प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरेको छ।
यस्तै नेकपा एमालेका सचिव समेत रहेका टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी छ।
उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। केशव दुलाल, सानु भट्टराई लगायतले उच्च अधिकारीसँग मिलेमतो गरी करोडौं रकम असुल गरी ठगी गरेको आरोप छ।
उक्त प्रकरणमा अझै पनि केही व्यक्तिहरू तानिन सक्ने प्रहरीले बताएको छ।
यस घटनाको थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ। 
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend