Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बागलुङ बाढीः सभामुख मर्माहत


    बिहिबार, भाद्र १८ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बागलुङ । सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल वर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले धनजनको क्षति भएको खबरले मर्माहत भएको बताउनुभको छ । 
     
            आज वक्तव्य जारी गरी उहाँले दुःखद घटनामा निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको छन् । 
     
            यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाबाट निकै ठूलो धनजनको क्षति भएको खबरले आफू स्तब्ध बनेको बताउनुभएको छ । रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार