Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीको रोहिणीमा वडाअध्यक्ष अख्तियारको फन्दामा


    बिहिबार, भाद्र १८ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं २ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

    अख्यिातर दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले सेवाग्रागीसँग २० हजार रुपैयाँ घूस लिएको प्रमाणका अधारमा नियन्त्रणमा लिएको प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

    वडाअध्यक्ष पाण्डेयले सेवाग्राहीलाई सहकारीबाट अनुदान रकम उपलब्ध गराउनका लागि सहजीकरण गरिदिएको भनेर २० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ।

    सेवाग्राहीसँग रकम माग गरेको र  त्यसमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको ख्तियार प्रवक्ता भुसालले रातोपाटीलाइ बताए ।

    पाण्डेयलाई आज दिउँसो  रोहिणीबाट नियन्त्रणमा लिइएको हो। प्राप्त प्रमाणका बारेमा उनीमाथि थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार