काठमाडौं । एकपछि अर्काे काण्डमा मुछिएपछि रौतहटका एसपी तानिएका छन्। एसपी रविराज खड्काको सरुवा भएकोहाे । एकपछि अर्काे विवादमा मुछिएपछि उनको सरुवा भएको स्राेतले बताएकाे छ।
रौतहटमा एसपी सिद्धिबिक्रम शाहलाई पठाइएको छ । पक्राउ परेका अभियुक्तलाई एसपीकै निर्देशनमा यातना दिएको खुलेपछि उनी समस्यामा परेका छन् । उनलाई समेत कारबाहीको माग गरी स्थानीयले आन्दोलन गरेका थिए ।