Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सेयर बजार घट्यो , कारोबार रकम कति ?


    बुधबार, बैशाख २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१८ अंकले ओरालो लागेको छ । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक ०.४९ प्रतिशतको गिरावटसँगै १८५७ अंकमा आएर रोकिएको छ ।

    यसक्रममा कारोबार रकम झनै खुम्चिएको छ । परिसूचक ९ अंकले घटेको दिन आज ५१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यसबाहेक १५६ वटा कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ । परिसूचक घटेको दिन आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ६.०९ प्रतिशतको र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । यस्तै,आज एनआईएमबीएल ग्रोथ फण्डको सेयर मूल्य ५.३५ प्रतिशतले खुम्चिएको छ ।

    यसैगरी परिसूचक घटेको दिन कारोबार भएकामध्ये २ वटा समूहमा बाहेक सबै समूहमा गिरावट आएको छ । आज उत्पादनमूलक र म्यूचुअल फण्ड समूहबाहेक सबै समूहमा गिरावट आएको हो । आज सबैभन्दा धेरै सेयर कारोबार सिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार