काठमाडाैँ । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त नविन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन्।
राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन मसान्तमा आयोगका कर्मचारीको नमुना संकलन गरिएको थियो ।
आयोगका प्रमुख आयुक्त घिमिरेलाई साउन २८ गते संक्रमण भएको पुष्टि भएको थियाे । त्यती बेला आयोगका प्रमुख आयुक्त घिमिरेसहित ४१ सुरक्षाकर्मी तथा अन्य कर्मचारीमा संक्रमण पुष्टि भएको थियाे।