रामपुर । रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही जिल्ला बागमती नगरपालिका- ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।
बिहीबार बिहान बुटवलबाट रामपुर आउँदै गरेको बागमती प्रदेश–०३–००१–००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो।