Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित


    बिहिबार, भाद्र १८ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा ।  गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  बिहीबार गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। 

    स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरु कास्कीको पोखरा महानगरपालिकाका २९ जना र तनहुँका दुई जना रहेका छन्।  पोखरा महानगरपालिका १, १६, ३० र ५ मा १–१ जना तथा वडा नम्बर १३ मा दुई , १२ मा ८ जना , १० मा ७ जना , २७ मा ३ जना, १४ मा २ जना र ८ का २ जनालाईं कोरोना संक्रमण पुष्टि भएको छ। 

    यस्तै, तनहुँको व्यास नगरपालिका १ र ४ का दुई महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय जनाएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार