Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज


    मंगलबार, बैशाख १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज हुँदैछ । हिजो वर्षाका रोकिएको खेल आज पुनः हुने भएको हो ।

    आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।

    फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

    टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । हिजो नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार