Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा


    बुधबार, बैशाख ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको हो ।

    गएराति आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८(८ ओभर खेलाइएको थियो ।

    साउदीअरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७।२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको साउदीअरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको थियो ।

    यो जितपछि नेपाल समूह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समूह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।

    यो हारसँगै साउदीअरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदीअरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ । समूह बि को समूह चरणका अन्तिम खेल पनि आज हुँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार