काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको हो ।
गएराति आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८(८ ओभर खेलाइएको थियो ।
साउदीअरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७।२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको साउदीअरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको थियो ।
यो जितपछि नेपाल समूह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समूह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।
यो हारसँगै साउदीअरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदीअरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ । समूह बि को समूह चरणका अन्तिम खेल पनि आज हुँदैछन् ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend