Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट


    शुक्रबार, बैशाख ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दिपेन्द्र सिंह ऐरीको रुपमा पाँचौं विकेट गुमाएको हो ।

    दिपेन्द्रले ८ बल खेलेर ५ रन बनाउदै आयान खानको बलमा आउट भएका हुन् । यस अघि कुशलले ३ रन बनाउदै बसिल हामिदको बलमा आउट भएका थिए भने कप्तान रोहित पौडेलले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भएका थिए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका थिए । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

    यो समाचार तयार गरुन्जेल नेपालले १३.२ ओभरमा ५ विकेट गुमाउदै ७५ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार