Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु


    बिहिबार, भाद्र १८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । बुटवलमा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको सैनामैना ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

    यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ । १० गते भर्ना भएका पुरुषमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

    चितवन मेडिकल कलेजमा उपचारत भरतपुर महानगरपालिका ११ की ४० वर्षीया महिलाको गएराति एकबजेतिर ज्यान गएको हो । योसँगै चितवनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार