काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयविपरीत सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र र उत्तर पनि नेपाली र अंग्रेजी भाषामा दिने पाइने व्यवस्था गर्न लागेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने परिषद्मा सो परिषद्को बैठक नबस्दै बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ठाडो निर्णय गरी सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लागेको हो ।
बोर्डका अध्यक्ष शर्मा र सदस्य सचिव अर्यालले कूटनीतिक नियोग, जापानमा सञ्चालित एभरेस्ट स्कुल र केही निजी विद्यालयको दबाब थेग्न नसकेर दुई भाषामा प्रश्नपत्र बनाउने तयारी गरेका हुन् । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा मातृभाषा वा नेपाली भाषा उल्लेख छ । सामाजिक अध्ययन र मानव मूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुबाहेक अन्य विषयका लागि भने अंग्रेजीलाई पनि माध्यम भाषा बनाउन सकिने नीतिमा उल्लेख गरिएको छ ।
त्यस्तै, माध्यमिक तहमा भने नेपाली वा अंग्रेजी माध्यम भाषा हुने छ तर सामाजिक अध्ययन र मानवमूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि पाठ्य सामग्री र माध्यम नेपाली भाषा हुने उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend