Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले दिए राजीनामा


    शनिबार, बैशाख १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको भर्चुअल बैठकबाट उनले राजीनामा दिएका हुन्।

    उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

    सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ । सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्ने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार