Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सभामुख पदका लागि आज उम्मेदवारी दर्ता, डीपी अर्यालबाहेक अरुको उम्मेदवारी पर्ला ?


    शुक्रबार, चैत्र २० २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

    संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबारमा निर्वाचन हुनेछ ।

    तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २ः३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।

    सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ ।

    प्रतिनिधिसभामा रास्वपाको १ सय ८२ सिट भएकाले अरु पार्टीले उम्मेदवारी दिने संभावना कम छ ।

    बिपक्षी पार्टी नेपाली कांग्रेस, एमाले, श्रम संस्कृति, राप्रपा र एक स्वतन्त्र सांसद जोड्दा ९ सिट मात्र भएकाले अर्याल निर्बिरोध सभामुख निर्वाचित हुने संभावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार