Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ५१ जना संक्रमित


    शनिबार, बैशाख १६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्‍यु भएको हो ।

    सोही अवधिमा ५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आईलोशनमा २७ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार