Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १८


    शनिबार, जेष्ठ २० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ९४५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा चारजनाको नतिजा पोजिटिभ आएको हो । १३५ नमुनाको पीसीआर परीक्षण गर्दा एक र ८१० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।

    यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर दुईजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार २९४ पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार