Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


    सोमबार, जेष्ठ १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्‍ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा संक्रमण पुष्टी भएको हो ।

    कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ। मन्त्रालयका अनुसार संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

    आज मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार