Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टेलिकमका आकर्षक अफर १५ रुपैयाँमा १२ घण्टा कुरा गर्न पाइने


    बिहिबार, चैत्र १३ २०७६
    590
    Shares
  • २ मिनेट पाठ
  •  

    काठमाडौं चैत १३ । नेपाल टेलिकमले  हालको विषम परिस्थितिमा आफ्ना आफन्तसँग  धेरै कुरा गर्नसजिलो  होस् भनेर बिबिध खालका भ्वाइस प्याक अफरहरु उपलब्ध गराएको छ ।

    यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ । 

    अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिन्छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै  *1415*9*2# डायल गर्नु पर्दछ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ ।

    अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ ।

    विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिने टेलिकमले जनाएको छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकहरु खरिद गरी प्रयोग गर्न सकिन्छ । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार