Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई


    बुधबार, बैशाख १३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ बाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा बारा–२ बाट विजयी जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिएका हुन् ।

    सामाजिक सञ्जालबाट राउतले आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् ।

    ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।

    बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार