Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिके राउतको आक्रोश- चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाए


    शनिबार, माघ ६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा.सिके राउतले चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको बताएका छन्।

    नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका हुन् । उनले भने,झ नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी तथा एकीकत समाजवादीका मुख्य ब्यक्तिलेमुलुकमा जे गर्छ त्यही हुन्छ अन्य कसैले केही गर्न सक्दैन ।

    खास गरेर जहिले पनि पेवाको रूपमा मुलुकमा नेतृत्वमा रहदै आएकाहरूले मधेसमा भ्रष्टाचार हुन्छ र मधेसी नेता भ्रष्ट हुन्छ भन्ने अपवाह फैलाएर मधेसलाई थप पछाडि धकेल्दै आएको उनले आरोप लगाए । उनले भने,अरबौ भष्टाचार गर्ने ब्यक्तिले उल्टो मधेसी नेतालाई भ्रष्टको आरोप लगाएर मधेर र मधेसीक‍ो विकासको बाधक नेतृत्व पक्ष नै बनेको छ । आफु उर्जाका साथ संसदमा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निराशावादी भएको उनको भनाइ थियो ।

    उनले थपे,अहिलेको संसदमा केही बोल्न छुट छैन । विप जारी हुन्छ । बोल्यो भने कार्वाही हुन्छ दुईचार जनाले जे गर्छ त्यहीँ नै हुन्छ । यो सरकार र गठबन्धनबाट केही गराउन नसकिने उनको धारणा रहेको थियोे । डिसिजन मेकरमा हाम्रो कुनै भुमिका नरहेकोले नयाँ परियोजनाको विषयमा सुन्न चाहदैनन् ।५२र५३ प्रतिशत जनता मधेसमा भएपनि हामीले दिनेमा हुनपर्थ्यो तर उल्टो उनीहरूसंग माग्नुपर्ने बाध्यता छ ।

    मधेसले विकास र अधिकार चाहेको छ । अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहनुपर्छ ।आन्दोलनको विकल्प नरहेको राउतको भनाई थियो । अहिलेको अवस्था मधेस,जनजाति,अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको राउतको भनाई थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार