Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारा २ मा उपेन्द्र यादव ३ हजार मतान्तरले अघि


    मंगलबार, बैशाख १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् ।

    उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत पाएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ ।

    यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ मत मात्रै पाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार