Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उर्जा मन्त्रालयको निर्देशन – इन्डक्सन प्रयोग गर्नेलाई २० प्रतिशत छुट


    बिहिबार, चैत्र १३ २०७६
    855
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौँ, १३ चैत ।लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन  विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले प्राधिकरणलाई  इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिन निर्देशन दिएको हो । 
     ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत निर्देशन दिएका हुन् । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म छुट दिन मन्त्री पुनको निर्देशन छ ।

    मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’

    मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे । ‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ ।’

    विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्री पुनको भनाइ छ । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले बताएका छन् ।

    कोरोना भाइरस ९कोभिड–१९ ० को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ ।

    यसअघि बुधबार बसेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार