काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक १५.७ अंक घटेर १९ सय ४ मा झरेको छ।
आज १७८ कम्पनीको मूल्य घट्दा ३३ वटाको बढ्यो भने ८ को स्थिर रह्यो। कुल ९८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १२ करोड बढी हो। सबै उपसमूहका सूचक ओर्लिएका छन्। बैंकिङ ५.३, विकास बैंक ४७, फाइनान्स २४, होटल तथा पर्यटन ७, जलविद्युत् ३२, जीवन बीमा ७६, उत्पादन ४४, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ३५, अन्य १३ र ब्यापार उपसमूह ११ अंक घटे।
यस्तै आज कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ। आदर्श लघुवित्तको १० र सामलिङ पावरको मूल्य ८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक, कुमारी बैंक संस्थापक, एसियन लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंक क्रमशः अगाडि रहे।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend