काठमाडौं । नयाँ आर्थिक वर्ष लागेपछि तेस्रो दिन सहित लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।
नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो ।
नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ ।
मंगलबार नेप्सेमा २४ हजार ४२९ वटा कारोबारमा २९ लाख ७५ हजार ९२० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ८७ करोड ४ लाखको कारोबार भएको छ । जसमध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड २६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ३ करोड ९९ लाख र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ३७ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २१९ कम्पनीको सेयर कारोबार हुँदा १३८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ । जसमध्ये कालिञ्चोक दर्जन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य ६.०५ प्रतिशतले वृद्धि भएको छ ।
यता खप्तड लघुवित्तको सेयरमूल्य ५.०५ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ४.६८ प्रतिशतले गिरावट भएको छ । यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ४.२० प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend