काठमाडौं । अपार्टमेन्ट तथा व्यापारिक भवन निर्माण गर्दा व्यवसायीहरूलाई फाइदा पुग्नेगरी सरकारले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ परिमार्जन गरेको छ । परिमार्जित मापदण्डमा १७ मिटरभन्दा अग्ला भवन बनाउँदा राख्नुपर्ने सेटब्याक (सँधियारतर्फ छाड्नुपर्ने जग्गाको क्षेत्रफल) घटाइएको छ । जसले गर्दा कम फराकिलो जग्गामा पनि अग्लो भवन निर्माण गर्न सकिने भएको छ ।
रामकुमारी झाँक्री सहरी विकास मन्त्री हुँदा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ परिमार्जन गरिएको थियो । नयाँ मापदण्डअनुसार अपार्टमेन्ट निर्माण गर्दा छिमेकीहरूको घर चर्कने, फराकिलो जग्गा घट्ने तथा बहुतले भवन जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ । यही कारण केही दिनअघि ललितपुरको समिट अपार्टमेन्ट बनाउँदा छिमेकीहरूको घर चर्किएको सहरी विकास मन्त्रालयका उच्च कर्मचारीहरूको भनाइ छ ।
यसैगरी बागबजारमा होटल सञ्चालनका लागि १२ तले भवन निर्माण गर्न लाग्दा वरिपरिका घर चर्किएका छन् । ‘परिमार्जन गरिएको मापदण्ड खारेज नगर्ने हो भने अबदेखि अपार्टमेन्ट तथा अग्लाअग्ला भवन बनाउँदा छिमेकीहरूका घर सुरक्षित हुनेछैनन्’ मन्त्रालयका एक सहसचिवले भने, ‘भूकम्प गयो भने धनजनको ठुलो नोक्सानी बेहोर्नुपर्छ ।’
२०७२ सालमा भूकम्प आएपछि खाली जग्गा राख्न तथा भवन सुरक्षित बनाउन सरकारले बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ ल्याएको थियो । उक्त मापदण्डअनुसार सय मिटरसम्मका अग्ला भवन निर्माण गर्दा २५ मिटर सेटब्याक छाड्नुपर्ने व्यवस्था कायम थियो तर परिमार्जन गरिएको मापदण्डअनुसार अब १२ मिटर मात्र सेटब्याक राखे पुग्छ ।
पुरानो मापदण्डको ‘घ’मा भनिएको थियो, ‘१७ मिटरभन्दा अग्ला जुनसुकै भवनहरूको उचाइ र सँधियारतर्फको सेटब्याक अनुपात ४।१ हुने गरी तर न्यूनतम सेटब्याक पाँच मिटरभन्दा कम नहुने गरी स्वीकृति दिइनेछ ।’ यो भनेको प्रत्येक चार तला बराबरको भवन बनाउँदा एक तला बराबरको जग्गा खाली राख्नुपर्नेछ । यसैगरी आठ तला बनाउँदा दुई तलाबराबरको जग्गा खाली राख्नुपर्नेछ । यही अनुपातमा जग्गा खाली राख्नुपर्ने व्यवस्था थियो ।
नयाँ मापदण्डअनुसार अपार्टमेन्ट निर्माण गर्दा छिमेकीहरूको घर चर्कने, फराकिलो जग्गा घट्ने तथा बहुतले भवन जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ । यही कारण केही दिनअघि ललितपुरको समिट अपार्टमेन्ट बनाउँदा छिमेकीहरूको घर चर्किएको सहरी विकास मन्त्रालयका उच्च कर्मचारीहरूको भनाइ छ ।
नेकपा एकीकृत समाजवादी(नेकपा एस) की नेत्री रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेका बेला २०७९ जेठ १६ गते बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड २०७८ राजपत्रमा प्रकाशित भएको थियो । झाँक्रीले आफ्नो पालामा मापदण्ड परिमार्जन गरिएको स्वीकार गर्दै भनिन्, ‘अहिले उक्त मापदण्ड संसद्को विकास समितिको सिफारिसमा सरकारले खारेज गर्यो भन्ने सुनेकी छु ।’ तर सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले भने २०७९ जेठ १६ गते राजपत्रमा प्रकाशित भएको बस्ती विकास तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मा मापदण्ड खारेज नभएको प्रस्ट पारे । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend