Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलेसिया पठाइदिन्छु भनी रकम ठग्ने महिला पक्राउ


    सोमबार, बैशाख ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्‍ने ५१ वर्षीया बिमला थापा हुन् । उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भी कमल चौधरीसँग रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार