Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्विटजरल्याण्ड पठाइदिन्छु भन्‍दै ७ लाख ठगी, एक महिला पक्राउ


    सोमबार, जेष्ठ ८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्‍दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छन् । उनले तुलाराम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्‍दै पटक/पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार