Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • लाखौं नक्कली नोटसहित महिला पक्राउ


    मंगलबार, बैशाख १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धनुषामा लाखौं नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । विदेह नगरपालिका– ६ बेलापट्टीकी अनुकुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

    जनकपुरधामको जिरोमाइल क्षेत्रबाट पक्राउ परेकी उनको साथबाट ७ लाख ७१ हजार ५०० नक्कली नेपाली रुपैयाँ बरामद गरिएको छ ।

    एक हजार दरको ४९२ थान र ५०० दरको ५५९ थान नक्कली नेपाली नोटसहित उनी पक्राउ परेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार