Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • लेनदेनको विवादमा मोटरसाइकलमा आगो लगाउने महिला पक्राउ


    बिहिबार, असोज ११ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा मोटरसाइकलमा आगो लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

    प्रहरी घोराही उपमहानगरपालिका-१० सौडेकुलाकी ३२ वर्षीय मीना चौधरीलाई घोराहीका विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा पक्राउ गरेकाे हाे ।

    लेनदेनका विवादमा चौधरीले मोटरसाइकलमा आगो लगाएको प्रहरीले बताएको छ । आगो लगाएपछि प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि मोटरसाइकल पूणर्रुपमा जलेर नष्ट भएको छ ।

    घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार