Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नेपाल-चीन सीमाबाट सुनसहित एक जना महिला पक्राउ


    शनिबार, भाद्र १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल-चीन सीमाबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन् । आज दिउँसो गोसाईंकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट करिब १ केजी तौलको सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सोही गाउँपालिका-३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरूङ) रहेकी छन् । इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार