Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ


    शुक्रबार, मंसिर १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बाँके जिल्ला प्रहरीको समन्वयनमा बिहीबार नेपालगन्जबाट पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल रहेकी छन् ।

    सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली पुर्‍याएर यौन गतिविधि हुने केन्द्रमा बेच्ने गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रहरीले जनाएको छ।

    उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार