काठमाडौँ। चर्चित गायिका समीक्षा अधिकारीले सामाजिक संजालमा एक पोस्ट गर्दै आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन् । उनले आफू गलत नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी हुन् ।
‘अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु,’ उनले लेखेकी छन्, ‘आफ्ना नजरहरुलाई कहीँ कतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईंको जस्तै । मेरो पनि मन छ तपाईंको जस्तै । आँसु झर्दा दुख्छ, पोल्छ ।’
उनले अगाडि बढ्न खोज्दा खुट्टा तान्नेहरु धेरै भएको पनि बताएकी छन् । उनले लेखेकी छन्, ‘कुनै पनि घटना कथावस्तुको वास्तविकता अर्कै हुन्छ । तर देखाउँदा त्यसलाई फरक ढङ्गले देखाइन्छ । अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको बर्सात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथाजस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । ’
उनले मनभित्रको बह सुनाउन खोज्दा हाँसो र मजाकको पात्र बन्ने गरेको पनि गुनासो गरेकी छन् । ‘आफ्ना नजरहरुलाई कहिँकतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईँको जस्तै । मेरो पनि मन छ तपाईँको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हर कुरा अर्थहीन हुन जस्तो । म गलत छैन, म कुनै चरीत्र हीन छोरी होइन मेरो पनि परिवार छ तपाईँको जस्तै । पर्दामा देखिएका हरेक कुरा सही हुँदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend