Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया उपाध्यक्षबीच फोनवार्ता


    बुधबार, चैत्र २९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकसँग नेपालले प्रस्ताव गरेको छ। अर्थमन्त्री डा.प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच आज टेलिफोन वार्ता भएको हो ।

    टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डीपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ। आगामी जुन महिनामा नेपालमा डीपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने बुझिएको छ ।

    विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

    विशेष गरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा। महतले राखेका थिए । मन्त्री डा. महतको प्रस्तावमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार