Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा


    शुक्रबार, फाल्गुन १६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् ।

    शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. महतले आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्ने बताए ।

    उनले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै प्रत्यक्ष उम्मेदवार बन्ने बताएका हुन् ।

    गत निर्वाचनमा डा. महत समानुपातिकबाट सांसद बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार