काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने दाबी गरेका छन् । आज (शुक्रबार) मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् ।
आर्थिक वृद्धि उच्च हुन उच्च प्रतिफल दिने आयोजनामा ऋण लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
स्रोतको सुनिश्चित नगरी ठेक्का लगाउने प्रवृत्तिले गर्दा समस्या निम्त्याएको उनको भनाइ छ । त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलन १० प्रतिशतभन्दा बढी हुने अनुमान गरेको उनले बताए । पारदर्शी राजस्व प्रणाली विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री महतले त्यसतर्फ सरकारले तयारीका साथ काम गरिरहेको बताए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend