Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारमा जानका लागि मात्र नयाँ समीकरण बनाउँदैनौं : डा. महत


    सोमबार, असार १८ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएका छन् ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्धाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन् ।

    उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउदै अहिले यस विषयमा छलफल नभएको बताएका छन् । उनले दिर्घकालिन रुपमा सरकार चल्ने, अस्थीरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन बिचार गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार