काठमाडौं । नेपाली कांग्रेस कैलालीले वडा तथा जिल्ला सम्मेलनका लागि प्रतिनिधि खटाएको छ । महोन्याल गाउँपालिका वडा नम्बर ३ को फलेबिसौनामा बसेको १० औं बैठकको निर्णय अनुसार निर्वाचन क्षेत्र तथा वडा सम्मेलन भव्यताका साथ सम्पन्न गराउन प्रतिनिधि खटाएको हो ।
जिल्लाको १० औं बैठकले बैशाख ५ गते वडा सम्मेलनको प्रारम्भ गरि जेष्ठ ५ गते मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको हसुलियामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रतिनिधि सभा निर्वाचन क्षेत्रदेखि वडातहसम्म प्रतिनिधि खटाएको पार्टीका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।
पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीको १ मा जिल्लाकी कोषाध्यक्ष देवकी कार्की, क्षेत्र नम्बर २ मा उपसभापति भीम बडुवाल, क्षेत्र नम्बर ३ मा खेमराज डंगौरा थारु, क्षेत्र नम्बर ४ मा सचिव केशवराज मिश्र र क्षेत्र नम्बर ५ मा नृप सुनारलाई खटाएको उनले जानकारी दिए ।
यस्तै, १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तहमा महासमिति सदस्यलाई खटाएको छ भने वडाहरुमा जिल्ला सदस्यलाई खटाईएको उनले बताए ।
नेपाली कांग्रेस कैलालीले बैशाख ५ देखि १० गतेसम्म वडा सम्मेलन, बैशाख १२ देखि १५ सम्म पालिका स्तरिय सम्मेलन, १७ देखि २० सम्म प्रदेश क्षेत्र स्तरिय सम्मेलन, २२ देखि २२ सम्म संघीय क्षेत्र स्तरिय सम्मेलन सम्पन्न गर्ने र जेठ ५ गते जिल्ला सम्मेलन गर्ने कार्यतालिका तय गरेको थियो ।
जिल्ला सम्मेलन तयारीका लागि पार्टीका उपसभापती खेमराज डगौरा थारुको संयोजकत्वमा अन्य जिल्ला पदाधिकारी, जिल्ला सदस्यहरु रहने गरि मुल तयारी समिति गठन गरिएको उनले जानकारी दिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend