Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


    बिहिबार, चैत्र २३ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । आज सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

    १० दलीय गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने, देशको अर्थतन्त्र सुधार गर्न नीतिगत र कार्यगत सुधार गर्ने कुरालाई प्राथमिकता दिएको छ ।

    सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने भएको छ । जसबाट बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण हुने र सङ्घीय संरचनालाई चुस्त दुरुस्त बन्ने गठबन्धनको उद्देश्य रहेको नीति तथा कार्यक्रममा बताएको छ।

    ‘बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण गर्न र सङ्घीय संरचनालाई चुस्त दुरुस्त र मितव्ययी बनाउन अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाउने’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

    Final-CMP of Coalition Govt-2079

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार