काठमाडौं । अर्थमन्त्री फेरिएसँगै अर्थमन्त्रालयको सचिव पनि परिवर्तन हुने चर्चा सुरु भएको छ । अर्थमन्त्रीमा डा. प्रकाशशरण महत नियुक्त भइसकेपछि अर्थ सचिव तोयम रायको निरन्तरता नहुने निश्चित जस्तै छ । अघिल्ला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पदबहाली गरेकै १० दिनमै गएको पुस २३ गते तत्कालीन अर्थसचिव कृष्णहरि पुस्कर कर्णको सरुवा गरी तोयम रायलाई भित्र्याएका थिए ।
एमालेसँगको गठबन्धन टुटिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललले नै अर्थमन्त्रालयको बागडोर सम्हाल्दैआएका थिए । मन्त्री नियुक्त नभइसकेकाले रायको सरुवा नभए पनि डा. महत अर्थमन्त्री भएर आएपछि सचिवमा नयाँ अनुहारको खोजी भइरहेको छ । डा. महत नेपाली कांग्रेस नेतृ डा. आरजु राणाको कोटामा मन्त्री भएकाले सचिव चयनमा पनि उनको सिफारिस नचल्न सक्छ ।
आरजुको सिफारिसमा अर्थसचिवको जिम्मेवारी पाउनका लागि सबैभन्दा बढी दौडमा २ महिनाअघि बाहिरिएका हालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर नै लागेका छन् । उनी २ महिनामै अर्थमा फर्किने दाउमा छन् । आरजु अहिले आमा प्रतिभा राणाको उपचारमा भारतमा भएकाले सचिव परिवर्तन पनि उनी फर्किएपछि मात्र हुने आँकलन गरिएको छ । आरजुको फिर्तीसँगै अर्थसचिव परिवर्तन हुने बताइएको छ ।
मन्त्री महतले अर्थसचिवमा हालै सूचना तथा संचार प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयको जगेडामा राखिएका बैकुन्ठ अर्याललाई ल्याउन चाहेका छन् । उनको कार्यकाल आगामी असारमै सकिने भएकाले बजेट बनाउनका लागि भए पनि उनलाई ल्याउने पक्षमा महत छन् । तर आरजुको रोजाइमा भने उनी नपरेकाले कर्णकै भाग्य चम्किने स्रोत बताउँछ । स्रोतका अनुसार पुस्करले आफू अर्थमा फर्किने हल्ला चलाए पनि आरजु राणाको कोटामा मधु मरासिनी अर्थमा जाने संभावनालाई समेत नकार्न नसकिने अर्थ मन्त्रालयमा काम गरेका एक बरिष्ठ सहसचिव बताउँछन् ।
गतबर्ष जेठ १४ गते मध्यराति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नायबसुब्बा तहका कर्मचारी रघु घिमिरेलाई मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको बिषय सार्वजनिक भएपछि मधु मरासिनी अर्थबाट बाहिरिएका थिए । मरासिनी बाहिरिएपछि राजस्व सचिव पुस्करलाई अर्थको जिम्मेवारी दिई राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई लगिएको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend