काठमाडौं । अर्थमन्त्री फेरिएसँगै अर्थमन्त्रालयको सचिव पनि परिवर्तन हुने चर्चा सुरु भएको छ । अर्थमन्त्रीमा डा. प्रकाशशरण महत नियुक्त भइसकेपछि अर्थ सचिव तोयम रायको निरन्तरता नहुने निश्चित जस्तै छ । अघिल्ला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पदबहाली गरेकै १० दिनमै गएको पुस २३ गते तत्कालीन अर्थसचिव कृष्णहरि पुस्कर कर्णको सरुवा गरी तोयम रायलाई भित्र्याएका थिए ।
एमालेसँगको गठबन्धन टुटिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललले नै अर्थमन्त्रालयको बागडोर सम्हाल्दैआएका थिए । मन्त्री नियुक्त नभइसकेकाले रायको सरुवा नभए पनि डा. महत अर्थमन्त्री भएर आएपछि सचिवमा नयाँ अनुहारको खोजी भइरहेको छ । डा. महत नेपाली कांग्रेस नेतृ डा. आरजु राणाको कोटामा मन्त्री भएकाले सचिव चयनमा पनि उनको सिफारिस नचल्न सक्छ ।
आरजुको सिफारिसमा अर्थसचिवको जिम्मेवारी पाउनका लागि सबैभन्दा बढी दौडमा २ महिनाअघि बाहिरिएका हालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर नै लागेका छन् । उनी २ महिनामै अर्थमा फर्किने दाउमा छन् । आरजु अहिले आमा प्रतिभा राणाको उपचारमा भारतमा भएकाले सचिव परिवर्तन पनि उनी फर्किएपछि मात्र हुने आँकलन गरिएको छ । आरजुको फिर्तीसँगै अर्थसचिव परिवर्तन हुने बताइएको छ ।
मन्त्री महतले अर्थसचिवमा हालै सूचना तथा संचार प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयको जगेडामा राखिएका बैकुन्ठ अर्याललाई ल्याउन चाहेका छन् । उनको कार्यकाल आगामी असारमै सकिने भएकाले बजेट बनाउनका लागि भए पनि उनलाई ल्याउने पक्षमा महत छन् । तर आरजुको रोजाइमा भने उनी नपरेकाले कर्णकै भाग्य चम्किने स्रोत बताउँछ । स्रोतका अनुसार पुस्करले आफू अर्थमा फर्किने हल्ला चलाए पनि आरजु राणाको कोटामा मधु मरासिनी अर्थमा जाने संभावनालाई समेत नकार्न नसकिने अर्थ मन्त्रालयमा काम गरेका एक बरिष्ठ सहसचिव बताउँछन् ।
गतबर्ष जेठ १४ गते मध्यराति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नायबसुब्बा तहका कर्मचारी रघु घिमिरेलाई मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको बिषय सार्वजनिक भएपछि मधु मरासिनी अर्थबाट बाहिरिएका थिए । मरासिनी बाहिरिएपछि राजस्व सचिव पुस्करलाई अर्थको जिम्मेवारी दिई राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई लगिएको थियो ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend